fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सबै छाडेर खेती गर्न हिडौं कि जस्तो लाग्छ : प्रचण्ड

सबै छाडेर खेती गर्न हिडौं कि जस्तो लाग्छ : प्रचण्ड

prachanda_newskarobar फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कहिलेकाँही आफूलाई पनि कृषि गर्न जाउँ जस्तो लाग्ने गरेको बताएका छन् । नेपालमा सम्भाव्यता नदेखि विदेशिने जमात देखेर दिक्क लाग्ने गरेको बताउँदै उनले सोचमा परिवर्तन ल्याउनु जरूरी रहेको उल्लेख गरे ।

शनिबार भक्तपुरमा भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले कृषि उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

नेपालमा प्रशस्त सम्भावना भए पनि युवाहरूले उक्त सम्भावनालाई देख्न नसकेको टिप्पणी गरे । ‘सुनको टुक्रा हामीसँगै छ, हामीसँग जति प्राकृतिक साधन स्रोत अन्त कतै पनि छैन, फेरी हामी नै गरिब,’ प्रचण्डले भने, ‘कहीँ न कहीँ हाम्रो सोचमा परिर्वतन ल्याउनु जरुरी छ । यसको नेतृत्व राज्यले नै गर्नुपर्छ ।’

उनले कृषिमा आधारित उद्योगको विकास बिना मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । कृषिको आधुनिकीकरण, विविधिकरण तथा व्यवसायीकरण नै समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै उनले कृषि उत्पादक र उपभोक्ताबीचको दुरी घटाउनुपर्नेमा जोड दिए । कृषिलाई उद्योग व्यवसायका रूपमा विकास गर्नुपर्ने प्रचण्डको भनाई थियो ।

प्रकाशित समय १८:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु