काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोरोना भाइरसबारे कृषकलाई सचेतना

17.39K
shares

विश्वभरी माहामारीको रुपमा फैलिएको नोबेल कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोक्नका लागि ग्रामीण भेगका किसानलाई सचेतना गराइएको छ ।

शुक्रबार पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेडले कृषकहरुलाई सचेतना फैलाउँदै उनीहरुले उत्पादन गरेको दूध संकलन गरिएको छ ।

बजारमा दूध विक्री गर्ने बेलामा भीडभाँड नगर्न र गाउँघरमा पनि अरुलाई सचेत गराउनका लागि फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडाका कृषकलाई कोरोना भाइरसबारे जानकारी दिएको डेरी व्यवस्थापक राजेन्द्र आङ्देम्बेले बताए ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गरिएको सचेतना कार्यक्रममा कृषकलाई कोरोना नियन्त्रण गर्नका लागि मास्कसमेत वितरण गरिएको उनले बताए ।

सहकारीको प्रवर्द्धनमा उत्पादित दूध विक्री नभए घुम्ती कोषको रकम कृषकहरुले बुझाउन नसक्ने अवस्था आएको भन्दै सहकारीले कृषकहरुको सुरक्षाको प्रबन्धसहित दूध खरिद गरेको अध्यक्ष बहादुरसिंह नेम्वाङले बताए ।

सहयोगी संस्था गुड नेवर्सले दुग्ध मूल्य श्रृखला विकासको लागि पाँचथर जिल्लाको कुमाया, मिक्लाजुङ र फाल्गुनन्द गाँउपालिकामा सहकारीमार्फत् परियोजना सञ्चालनको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको गुड नेवर्सका प्रतिनिधि कृष्णराज जोशीले बताए ।