fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चेल्सीको पोष्टमा म्यान्चेस्टर सिटीको गोल वर्षा, अग्युइरोको ह्याट्रिक

चेल्सीको पोष्टमा म्यान्चेस्टर सिटीको गोल वर्षा, अग्युइरोको ह्याट्रिक

म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि शानदार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति आफ्नै घरेलु मैदान इतेहादमा भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा अर्जेनटाइन फरवार्ड सर्जियो अग्युइरोले ह्याट्रिक गरे । रहिम स्ट्रलिङले दुई गर्दा इल्क्ये गुन्डुगनले एक गोल गर्न सफल भए ।

चौंथो मिनेटमै स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । अग्युइरोले ६ मिनेटको अन्तरमा दुई गोल गर्दा २० मिनेटभित्र नै सिटी ३–० ले अघि रह्यो । अग्युइरोले १३औं र १९औं मिनेटमा गोल गर्दे सिटीलाई बलियो स्थितिमा पुर्याएका थिए ।

एकपछि अर्को गोल गर्दै फराकिलो अन्तरको अग्रता बनाएको सिटीले खेलको २५ औं मिनेटमा चौथो गोल गर्न सफल भयो । पहिलो हाफमा चार–शून्य गोलको फराकिलो अन्तरले पछि परेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो ।

५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्युरोले ह्याट्रिक पूरा गरेका थिए । इंग्लिस प्रिमियर लिगमा अग्युरोले ह्याट्रिकको किर्तिमान पनि बराबर गर्न सफल भएका छन् । उनको यो १२ औं ह्याट्रिक हो ।

स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल गर्दै सिटीलाई चेल्सीविरुद्ध ६–० गोलको जित दिलाए । जितपछि लिगको शीर्ष स्थान उक्लिदै सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ । पराजित चेल्सीको २६ खेलबाट ५० अंक रहेको छ ।

प्रकाशित समय ०९:५५ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु