गृहपृष्ठ बुटवलमा राष्ट्रियस्तरको ह्वीलचेयर बास्केटबल प्रतियोगिता हुने

बुटवलमा राष्ट्रियस्तरको ह्वीलचेयर बास्केटबल प्रतियोगिता हुने

बुटवलमा पहिलोपटक राष्ट्रिय स्तरको ह्वीलचेयर बास्केटबल प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्यमा नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको हो । अपांगता भएकाको खेलकूदको प्रतिभालाई उजागर गर्न आगामी फागुन २४ र २५ गते प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

लायन्स क्लव अफ बुटवल सयपत्रीका अध्यक्ष रोशनी पाण्डेल अनुसार प्रतियोगिताको नाम नै “प्रदेश स्तरीय प्रभु पे ह्वीलचियर बास्केटबल प्रतियोगिता” राखिएको छ । समाजमा अपांगता भएका व्यक्तिलाई उर्जाशील बनाउन खेलकुदको माध्यम रोजेको उनको भनाइ छ ।

बुटवल देवीनगरमा रहेको भुतपूर्व सैनिक क्लब देवीनगर बुटवल रुपन्देही को प्राङ्गणमा हुने प्रतियोगीतामा मुलुकभरबाट १ सयभन्दा बढी प्रतियोगीहरु सहभागी हुने बताइएको छ । सात प्रदेशस्तरीय खेलाडीहरुको साथै ४ छुट्टै महिला टिमको पनि सहभागीता हुनेछ ।

प्रथम हुने महिला र पुरुष दुबै टिमले नगद २५ हजार, दोस्रोले २० र तेस्रो हुने टिमलाई १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु