गृहपृष्ठ तीन ठाउँमा निर्माण हुने सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने पक्का

तीन ठाउँमा निर्माण हुने सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने पक्का

gokarna_bista

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले बनाउन लागेको सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । देशभरका विभिन्न तीन स्थानमा केन्द्रीय स्तरको सीप प्रशिक्षण केन्द्रको रुपमा विकास हुने सीप विकास प्रतिष्ठान रुपन्देही जिल्लाको सैनामैना नगरपालिका-७ लम्टैयामा बन्ने निश्चित भएको हो ।

सैनामैना नगरपालिका बाट उपलब्ध गराइएको ६० विघा क्षेत्रफमा निर्माण हुने प्रतिष्ठानको मंगलबार श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्णराज विष्टले स्थलगत अवलोकन गरेका छन् ।

स्तलगत निरीक्षणपश्चात मन्त्री विष्टले  नेपाल सरकारले निर्माण गर्ने तीन स्थानमा केन्द्रीय स्तरकै प्रशिक्षण केन्द्रको रुपमा एउटा रुपन्देहीको सैनामैनामा निर्माण हुने जानकारी गराए । उनले नेपालको नारायणी नदीपश्चिमदेखि धनगढी सम्मका हजारौं युवाहरुलाई सीप प्रदान गर्ने खालको प्रतिष्ठान सैनामैनामा निर्माण हुने जानकारी दिए ।

प्रकाशित समय १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु