गृहपृष्ठ थामखर्क विमानस्थलमा हप्ताको दुई दिन उडान

थामखर्क विमानस्थलमा हप्ताको दुई दिन उडान

thamkharka_airport_newskarobar

कालोपत्रे सम्पन्न भएपछि अब खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दिन उडान भर्ने भएको छ । खोटेहाङ गाउँपालिका-४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले प्रत्येक साता शनिबार र बुधबार उडान भर्ने भएको हो ।

परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाडौं-थामखर्क-काठमाण्डौं तथा बुधबार काठमाडौं-थामखर्क-विराटनगर र विराटनगर-थामखर्क-काठमाडौं उडान भर्ने तालिका बनेको थामखर्क विमानस्थलका स्टेसन ईन्चार्ज नरेन्द्र उदासले बताए ।

दुई वर्षभन्दा बढी समय लगाएर कालोपत्रे गरिएको थामखर्क विमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय उत्साहित बनेका छन् ।

विमानस्थल कालोपत्रे भएपछि त्यस क्षेत्रका स्थानीयलाई काठमाडौं र विराटनगर पुग्न सहज हुनेछ । कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल कालोपत्रे भएपछि गएको माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु