गृहपृष्ठ मुख्यमन्त्री भन्छन्- प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउँछु

मुख्यमन्त्री भन्छन्- प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउँछु

Dormani-poudel-newskarobar फाइल तस्बिर

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् । आफू नेतृत्वको सरकारले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गरेको उनले बताए ।

सोमबार हेटौडामा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण अभियानलाई थप सशक्त बनाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।

समाजको सबै क्षेत्रमा भ्रष्टाचारको जालो फैलिएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणको अभियान आँफैबाट सुरू गर्नुपर्ने बताए ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु