fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विराटनगरमा ट्रिप्परको ठक्करबाट एकजनाको मृत्यु

विराटनगरमा ट्रिप्परको ठक्करबाट एकजनाको मृत्यु

tripper-newskarobar

ट्रिप्परको ठक्करबाट आइतबार विहान विराटनगरमा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत इटहरी विराटनगर सडक खण्डको वरगाछी चोकमा आइतबार विहान साढे ८ बजेको समयमा को. १ ख ७०७२ नम्बरको ट्रिप्परले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालकको घटना स्थलमै मृत्यु भएको हो । मृतक अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको हला सम्म पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा तिब्र गतिमा आइरहेको ट्रिप्परको पछाडिको चक्काले ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ । ट्रिफर चालक इटहरी–१३ का ५६ वर्षिय नुना सरदारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी जनाएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार तिव्र गतिमा आएको टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो ।

प्रकाशित समय १३:४२ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु