fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ धनुषालाई अपराधमुक्त बनाउने एसपी खनालको दृढता

धनुषालाई अपराधमुक्त बनाउने एसपी खनालको दृढता

dhanusha police newskarobar

धनुषाका प्रहरी उपरीक्षक (एसपी)शेखर खनालले जिल्लालाई भयरहीत अपराधमुक्त बनाउने बताएका छन् । हालै मात्र ललितपुरबाट धनुषा सरूवा भएका एसपी खनालले धनुषालाई अपराधमुक्त जिल्ला बनाउने प्रतिवद्दता जाहेर गरे ।

प्रहरी संगठनलाई समुन्द्रको संज्ञा दिँदै उनले संगठनभित्र पनि एक आधा कु संस्कारका व्यक्तिहरु रहेको भन्दै संगठनलाई समेत सुढृढिकरण गर्दै धनुषालाई सभ्य, भयरहीत, अपराधमुक्त तथा सुव्यवस्थित बनाइने दावी गरे ।

जिल्लाको कमाण्ड सम्हालेपछि पहिलो पटक पत्रकारहरुसँग अन्तरक्रियामा सहभागी उनले प्रहरीका लागि हातहतियार साधन मात्रै भएको भन्दै मुख्य रुपमा सूचना नै पहिलो प्राथमिकता रहेने बताए । उनले आफूहरुले पाउने सूचना र सुराकको आधारमा घटना र समस्याको सामाधान गर्ने बताए ।

धनुषाको ग्रामीण क्षेत्रमा लागुऔषध दुर्व्यसनी, सीमा क्षेत्रमा अवैध मदिरा कारोबार, कर छली गरी चोरी सामाग्रीको तस्करीदेखि ध्वनि प्रदुषणको समस्या देखिएकाले तमाम समस्या समाधानका गर्नेतर्फ आफ्नो टिम लाग्ने उनको भनाइ थियो ।

प्रकाशित समय १२:४६ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु