fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चीनमा हिउँ फेस्टिभलको भव्य उद्घाटन (फोटो फिचर)

चीनमा हिउँ फेस्टिभलको भव्य उद्घाटन (फोटो फिचर)

हिउँबाट बनेका सयभन्दा बढी कलाकृति, हिउँका भवन र मन्दिर हेर्न पर्यटकको घुइँचो

Harbin-Ice-Lantern-Show-newskarobar

चीनको हेलोङयाङ प्रान्तस्थित हार्बिन सहरमा संसारको सबभन्दा ठूलो वार्षिक आइस एन्ड स्नो फेस्टिभल सुरू भएको छ । लगभग ६ लाख वर्गमिटरमा फैलिएको स्नो वर्ल्डमा हिउँबाट बनेका एक सयभन्दा बढी मन्दिर र कलाकृति छन् । ती कलाकृति दुई लाख घनमिटर हिउँबाट तयार पारिएको हो ।

पर्यटकका लागि भने हिउँबाट बनेका कलाकृतिको प्रदर्शन केही दिनअघि बाटै सुरू भइसकेको छ । हिउँबाट निर्मित कलाकृति हेर्न प्रत्येक दिन पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

फेस्टिभलमा हिउँले बनेका महलबाहेक भगवान् बुद्धका मूर्ति पनि छन् । ४५ सय क्युबिक मिटर हिउँबाट बनेको मूर्ति बढी आकर्षण र चर्चाको केन्द्रमा छ । महलहरूमा राति ३डी लाइट सो प्रदर्शन गरिएका कारण कलाकृति निक्कै आकर्षक देखिएका छन् ।

main-ice and snow festival-newskarobar

चीन र संसारभरका १२ देशका १० हजारभन्दा धेरै कलाकारले यी अनौठा कलाकृति तयार पारेका हुन् । समाचारमा जनाइएअनुसार माइनस १० देखि माइनस २० डिग्री तापक्रमको बीचमा यी कलाकृति तयार पारिएका हुन् ।

आइस सिटी नामबाट चर्चित सहर हार्बिनमा यो मौसममा लाखौं पर्यटक पुग्ने गरेका छन् । सन् २०१७ मा भएको फेस्टिभलमा करिब १ करोड ८ लाख मानिस अवलोकनका लागि पुगेका थिए । फेस्टिभल सन् १९८५ बाट सुरू गरिएको हो ।

china-harbin-ice-snow-festival-fireworks-a

china-harbin-ice-snow-festival-fireworks

main-ice and snow festival-newskarobar

(एजेन्सीको सहयोगमा)

प्रकाशित समय १८:२२ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु