fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नदी नभएका देश, जहाँ पानीका लागि ठूलै संघर्ष हुन्छ

नदी नभएका देश, जहाँ पानीका लागि ठूलै संघर्ष हुन्छ

saudi-arab-map-newskarobar

नेपाल जस्तो देश, जहाँ ६ हजारभन्दा बढी नदीनाला छन् । वर्षैभर बग्ने सयौं नदी छन् । कोशी, गण्डकी र कर्णालीजस्ता ४५ सयभन्दा बढी औसत क्युबिक मिटर प्रतिसेकेन्ड जलप्रवाह भएका ठूला नदी छन् । तर, व्यवस्थापन गर्न नसक्दा राजधानी काठमाडौंलगायत देशका भूगोल पानीका लागि छट्पनाउन बाध्य छन् ।

विश्वमा यस्ता पनि देश छन्, जसलाई समुद्रै समुद्रले घेरेको छ । तर, पिउने पानीको अभावमा ती देशले करोडौं डलर खर्च गर्नुपर्छ । नदी नहुँदा ती देशले पानीको बीचमा भएर पनि पिउने पानीको लागि समस्या झेल्नुपरेको हो ।

साउदी अरब

साउदी अरब, जसको करिब ३०–३५ प्रतिशत सीमा क्षेत्रले समुद्र छुन्छ । तर, साउदीको ९५ प्रतिशत भाग मरुभूमि छ । यो विश्वको सबैभन्दा ठूलो देश हो, जहाँ एउटा पनि नदी छैन ।

सफा र चिल्ला सडक, राम्रा भवन र संविधान नभए पनि अनुशासित देशका रुपमा चिनिन्छ साउदी अरब । सुन्नी मुस्लिम देश साउदी अरबबाट विश्वमै धेरै तेल निर्यात हुन्छ । तर, पानीको जोहो गर्न साउदीले निकै ठूलो रकम खर्चिनुपर्छ । अत्यधिक गर्मीका कारण एयर कन्डिसनिङमा मात्र साउदी अरबमा ७० प्रतिशत विद्युत खपत हुन्छ ।

साउदीमात्र होइन

विश्वमा यस्ता धेरै देश छन्, जहाँ एउटा पनि नदी छैन । मालदिभ्स, कुवेत, यूएई, कतार, ओमान, यमन, बहराइन, मोनाको, माल्टा, भ्याटिकन सिटीलगायतका देशमा पनि नदी छैन ।

प्रकाशित समय १७:२५ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु