fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्रतिकुल मौसमका कारण पोखरामा साहसिक खेल तथा हवाई उडान प्रभावित

प्रतिकुल मौसमका कारण पोखरामा साहसिक खेल तथा हवाई उडान प्रभावित

pokhara

प्रतिकुल मौसमका कारण विहीबार पोखरामा हुने साहसिक खेल गतिविधि सहितका हवाई उडानहरु प्रभावित भएका छन् । विहीबार विहानैदेखि पानी परी राम्रोसँग आकास खुल्न नसकेपछि पर्यटनको मुख्य आकषर्ण साहसिक खेल प्याराग्लाईडिङ, अल्ट्रालाईट लगायतका साहसिक खेल सहित हवाई उडान रद्ध भएको हो ।

विहीबार प्रतिकुल मौसमका कारण ६ वटा हवाई उडान रद्ध भएको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोला प्रसाद गुरागाँईले बताए । उनका अनुसार विहीबार २२ वटा हवाई उडान मध्य १६ वटा उडान मात्र भएका हुन् । यती एयरलायन्स र बुद्ध एयरलायन्सको ६ वटा हवाई उडान गद्ध भएका हुन् । यती एयरलायन्सको पोखरा काठमाडौं ३ वटा र बुद्ध एयरलायन्सको पोखरा भैरहवा एउटा र पोखरा काठमाडौंका दुई वटा हवाई उडान रद्ध भएको हो । रद्ध भएको हवाई उडान सुक्रबार अनुकुल मौसम भएको अबस्थामा पहिला हुने त्यस पछि शुक्रबारको फ्लाईट तालिका सवैको डिले हुने भएको प्रमुख गुराँगाईले जनाए ।

त्यसै गरी प्रतिकुल मौसमका कारण पोखरा मुस्ताङको हवाई उडान समेत रद्ध भएको छ । तारा र समिट एयरले दैनिक १/२ वटा हवाई उडान गर्दै आएका थिए । विहीबार विहानै देखि पानी परी आकास राम्रोसँग खुल्न नसकेपछि पोखरामा हुदै आएको अल्ट्रालाईट तथा हेलिकोप्टर उडानहरु समेत रद्ध भएको छ । पोखरामा दैनिक जसो करिब १५/२० वटा अल्ट्रालाईट र हेलिकोप्टरबाट पोखरा सहित हिमश्रृखलाको दृश्यावलोकनको लागि उडान हुँदै आउने गरेको छ ।

त्यसै गरी पोखरामा हुने साहसिक खेल प्याराग्लाईडिङका उडानहरु समेत विहिबार प्रतिकुल मौसमका कारण प्रभावित भएका छन् । पोखरामा दैनिक जसो करिब २ सय ५० पाईलटले ४ सय जना पर्यटकहरुलाई प्याराग्लाइडिङ गराउदै आएको नेपाल प्याराग्लाइडिङ ग्लाण्डग्लाईडिङ संघ (नेफा) का प्रशिक्षक बालकृष्ण बसेलले बताए । रद्ध भएका केही उडान शुक्रबार हुने केही शुक्रबारकै सेडुल अनुसार हुने उनले जनाए । पोखरामा एक दिन प्याराग्लाईडिङ नहुँदा करिब २० लाख भन्दा बढीको कारोबार ठप्प हुने गरेको व्यवसायीहरु बताउँछन् । प्रति जनाले प्याराग्लाईडिङ गरेको ५ हजार देखि ८ हजारसम्म लिने गरेको पाईन्छ । पोखरामा विहीबार दिनभरी पानी परेसँगै चिसो बढेको छ । पोखरामा अन्य दिनको तुलनामा विहीबार चहल पहल समेत कम भएको थियो ।

प्रकाशित समय १९:१९ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु