fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ अष्ट्रेलियामा गर्मी छल्न नुहाउन जाँदा एक नेपालीको मृत्यु

अष्ट्रेलियामा गर्मी छल्न नुहाउन जाँदा एक नेपालीको मृत्यु

Sydny_lake_NewsKarobar

अष्ट्रेलियाको सिड्नीमा अत्याधिक गर्मीका कारण नदीमा नुहाउन गएका एक नेपालीको डुबेर मृत्यु भएकाे छ । एसबीएस रेडियोका अनुसार आइतबार बिहानको करिब साढे ११ बजे केही पुरुषहरूले पानीमा कठिनाइको सामना गरि रहेको देखिएपछि आपतकालीन सेवालाई बोलाइएको थियो।

बीस वर्ष उमेरका रहेका अनुमान गरिएका तीन जनाको घटनास्थल नजिक रहेकाहरुले उद्धार गरिएको थियो भने एक २५ वर्षे पुरुषचाँही पानीमा डुबेर बेपत्ता भएको अधिकारीहरूको भनाइ छ।

प्रहरी गोताखोर, न्यू साउथ वेल्स दमकल र एम्बुलेन्स सेवा लगायतको सहकार्यमा सुरु भएको खोजी कार्यपछि दिउसो साढे एक बजे वाल्लेसियाबाट करिब १० किलोमिटर पश्चिममा रहेको उक्त तालमा बेपत्ता पुरुषको शव भेटिएको हो।

प्रहरीका अनुसार उक्त शव २५ बर्षे नेपालीको रहेको अनुमान गरिएता पनि, शवको आधिकारिक रूपमा पहिचान हुन बाँकी रहेको छ। निपियन प्रहरी इलाका कमाण् द्वारा मृत्युको कारण बारे रिपोर्ट कोरोनर समक्ष बुझाउने बताइएको छ।

गए जनुअरी ९ मा न्यू साउथ वेल्सको अलबर स्थित मर्री नदीमा बेपत्ता भएका २१ वर्षीय बिगुल पण्डितको अझै खोजी जारी रहेको छ। त्यसको केही दिनअघि मात्र दक्षिण अस्ट्रेलियाको क्लेरेन्स पार्कमा बस्ने २२ वर्षीय निश्चल घिमिरेको ग्लिनेल्ग बिचमा डुबेर मृत्यु भएको समाचार आएको थियो।

प्रकाशित समय १४:४६ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु