fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउँदै

नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउँदै

तामाङ समुदायले मंगलबार नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउँदैछन् । उपत्यकामा बसोबास गर्दै आएका तामाङ समुदायले टुँडीखेलमा धुमधामका साथ ल्होसार मनाका हुन् । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ ।

सोनाम ल्होछार तामाङ जातिको मौलिक पर्व हो । ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिए ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १८:०० बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु