fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ उपत्यकाका डाँडापाखामा सेतै च्यादर (फोटो फिचर)

उपत्यकाका डाँडापाखामा सेतै च्यादर (फोटो फिचर)

Chandragiri_NewsKarobar

हिउँदे वर्षासँगै उपत्यकाले डाँडापाखामा हिउँको सेतै च्यादर  ओढेको छ । मंगलबार बेलुकादेखि परेको अविरल वर्षासँगै उपत्यकाका चन्द्रागिरी, फुल्चोकीसहितका डाँडापाखा सेतै देखिएका छन् । काठमाडौँ उपत्यका आसपासका क्षेत्र चन्द्रागिरि, फुलचोकी, शिवपुरीलगायतका स्थानमा गएरातिदेखि नै हिमपात भएको हो। हिमपातका कारण चिसो बढेको छ।

बुधबार दिउँसो पनि मौसममा सुधार हुने छैन। देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ। त्यस्तै पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने छ भने देशको हिमाली भेगमा हिमपात हुनेछ।

हिमपातका कारण पश्चिमी नेपालका पहाडी क्षेत्रमा जनजीवन कष्टकर बनेको छ ।

आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ।

मकवानपुरको दामनमा पनि बाक्लो हिउँ परेको छ ।

फोटो फिचरFulchoki Mandir_NewsKarobar Fulchoki Snow_NewsKarobar  

प्रकाशित समय ११:२३ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु