गृहपृष्ठ बेच्न लगिएका १७९ जना नेपाली फर्काइँदै

बेच्न लगिएका १७९ जना नेपाली फर्काइँदै

नेपालबाट भारतसहित विभिन्न देशमा बेच्नका लागि भारतको मणिपुर पुर्‍याइएका १७९ जनालाई नेपाल फर्काइदैछ । पछिल्लो समयमा तस्करहरूले नेपाली चेली बेच्नका लागि रुट परिवर्तन गरी असाम, मणिपुर–म्यानमार हुँदै खाडी मुलुकसम्म पुर्‍याउने गरेका छन् ।
मणिपुरको इम्पाल, मोरेहसहित विभिन्न स्थानका होटलबाट उद्दार गरिएकामा १४७ जना महिलाहरू छन् । तिनलाई विभिन्न गैर सरकारी संस्थाले सञ्चालन गरेको सेल्टरमा राखिएको थियो । उद्दार गरिएका नेपालीहरूलाई दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर प्रकास अधिकारीसहितका टोलीलाई मणिपुर सरकारले आइतबार हस्तान्तरण गरेको छ ।

उनीहरुलाई विदेशमा राम्रो काम लगाइदिने प्रलोभन दिएर मणिपुर पुर्‍याइएको थियो । भारतको केन्द्र सरकारले उद्धार गरिएका ती नेपालीलाई हस्तान्तरण गर्न अनुमति दिएपछि मणिपुर राज्य सरकारले नेपाली दूतावासका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो । उद्दार गरिएका सबैलाई नेपाली दूताबासले काँकडभिट्टा–पानीटंकी बोर्डरसम्म ल्याएर नेपाल प्रहरीमार्फत् उनीहरूको परिवारजनलाई हस्तान्तरण गरिने भएको छ ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु