nmb bank

गृहपृष्ठ आइएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने नि:शुल्क तालिम दिने

आइएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने नि:शुल्क तालिम दिने

आइएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने नि:शुल्क तालिम दिने

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तीकरणका लागि नयाँ अभियान सुरु गरेको छ ।

यस अभियानको एक भागको रूपमा कम्पनीले १५ जना महिलालाई गाडी चलाउन नि:शुल्क तालिम दिने जनाएकाे छ । उक्त तालिमले महिलालाई ब्याक हो लोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न सहयोग गर्न र सम्बन्धित क्षेत्रमा रोजगारी सुरक्षित गर्न सहयोग गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले बताएकाे छ ।

मुख्य लक्ष्य भनेको महिलाहरूलाई बाधाहरू तोड्न र परम्परागत रूपमा पुरुष प्रधान क्षेत्रमा उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्नु हो । आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले र्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न बताए ।

‘निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ, यो नि:शुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं,’ उनले भने ।

कम्पनीकाे अनुसार प्रशिक्षण कार्यक्रम सबै उमेर र पृष्ठभूमिका महिलाहरूको लागि खुला हुनेछ ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु