fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ अब नायब सुब्बाको परीक्षा नहुने, सचिव बन्न परीक्षा पास गर्नुपर्ने

अब नायब सुब्बाको परीक्षा नहुने, सचिव बन्न परीक्षा पास गर्नुपर्ने

loksewa-aayog-newskarobar.com

नायब सुब्बामा कुनै पनि परीक्षा नलिने प्रावधान बनेको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा थपघट गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।

विधेयकअनुसार अब सचिव बन्नका लागि पनि नेतृत्व क्षमताको परीक्षा लिइने भएको छ । लोकसेवा आयोगले केही विषयमा असहमति जनाउँदै डेढ दर्जन सुझाव दिएपछि सरकारले सोहीअनुसार प्रस्तावित विधेयकमा परिमार्जन गरेको हो । सहसचिवबाट सचिव बन्नका लागि पनि निश्चित योग्यता तथा नेतृत्व परीक्षण गरिने प्रावधान राखिएको छ ।

नायब सुब्बाको खुला तथा आन्तरिक सबैखाले प्रतिस्पर्धा हटाइएको छ भने खरिदारबाट नै बढुवाको आधारमा नायब सुब्बा हुने प्रावधान राखिएको छ ।
खरिदारको परीक्षाका लागि एसएलसीबाट आईए पासको योग्यता कायम गरिने भएको छ ।

प्रकाशित समय ०८:४३ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु