गृहपृष्ठ बंगलादेशको ढाकामा भिषण आगलागी, ६९ जनाको मृत्यु

बंगलादेशको ढाकामा भिषण आगलागी, ६९ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकामा भिषण आगलागी भएको छ । आगलागीमा परेर कम्तिमा ६९ जनाको मृत्यु भएको छ । अन्य ४० जना गम्भीर घाइते भएका छन् । रासायनिक पदार्थको गोदाम रहेको एक आवासीय भवनबाट आगलागी सुरु भएको थियो ।

साँघुरो बाटो र पानीको अभावका कारण आगो नियन्त्रणमा ल्याउन कठिन भएको बीबीसीले जनाएको छ । आगो नियन्त्रणमा आएपछि उद्धारको काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु