fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

venezuela-crisis-newskarobar

भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उहाँका विपक्षी तथा हालैमात्र आफलाई सो देशको अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ ।

भेनेजुएलको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको केही दिनपछि यस देशको संकट समाधानार्थ यो वार्ताको आयोजना गरिएको बताइएको छ । उनले गएको आइतबार मात्र स्पेनको एक टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा सो धारणा राखेका थिए । अर्कातर्फ नेता गुइदोले पनि आफूलाई अमेरिका, पश्चिमा राष्ट्रहरु तथा पछिल्लो समयमा गत हप्तामात्र युरोपेली युनियनको पनि समर्थन रहेकोले आफू नै यहाँको राष्ट्रपति भएको बताएका छन् ।

बैठकमा युरोपेली युनियन, आठओटा अरु युरोपेली देश र पाँचवटा ल्याटिन अमेरिकी देशका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । युरोपेली युनियनको कूटनीतिक स्रोतका अनुसार सो बैठकमा खासगरी हालैका दिनमा भेनेजुएलामा जारी रहेको राजनीतिक संकटको समाधानका लागि आवश्यक विभिन्न प्रयास तथा विकल्पहरुका बारेमा छलफल गरिने छ ।

बैठकको अग्रसरता मेक्सिको र उरुग्वेले लिएका समाचारमा जनाइएको छ । भेनेजुएलामा यो समस्याको सुरुआत भएपछि यी दुई देशलाई तटस्थ देशका रुपमा लिइएको छ । यसअघि, युरोपेली युनियनले पनि मध्यस्थताको प्रयास गरेको थियो । युरोपेली युनियनले केही ल्याटिन अमेरिकी देशहरुको सहयोगमा भेनेजुएलाको राजनीतिक संकटक समाधानको प्रयास थालेको थियो ।

सोही समाधानस्वरुप नै युरोपेली युनियनले यस देशलाई जतिसक्दो चाँडो निर्वाचनको आयोजना गर्न भनेको थियो । युरोपेली युनियनले निर्वाचनको घोषणा गर्न गएको आइतबारसम्मको समय दिएकोमा सो निर्वाचन घोषणा गर्न राष्ट्रपति मडुरोले नमानेपछि युरोपेली युनियनले पनि मडुरोको समर्थन गरेको छैन ।

गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् ।

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष सुरु भएको बताइएको छ । मडुरोले आफू नै निर्वाचित राष्ट्रपति भएको बताएका छन् भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने छ । बढ्दो राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा युरोपेली युनियनको छ भने अमेरिकालगायतका केही पश्चिमा मुलुकहरुले भने गुइदो नै राष्ट्रपति भएको बताएका छन् ।

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकाका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न नसक्ने बताइसकेका छन् । गत महिना गुइदोले आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेपछि यहाँको राजनीतिक संकट बढेको हो । उनको यो कदमलाई अमेरिकाले समर्थन गरेपछि यसले विश्वका राष्ट्रहरु पक्ष र विपक्षमा उभिएका छन् । (रासस)

प्रकाशित समय १४:४९ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु