fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु

दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्यांकमा जनाइएको छ ।

तथ्यांक अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् ।

गत वर्ष स्वाइन फ्लूका बिरामीको संख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस वर्ष उक्त संख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लूका विमारीको संख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको संख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको बेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।

प्रकाशित समय ०८:२१ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु