गृहपृष्ठ धनुषास्थित मदन आश्रित आधारभूत विद्यालयमा ७ वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन

धनुषास्थित मदन आश्रित आधारभूत विद्यालयमा ७ वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन

विद्यालय व्यवस्थापन गठनका क्रममा विवाद हुँदा ७ वर्ष पहिले गोली चलेको थियो

school-newskarobar

धनुषाको सवैलास्थित श्री मदन आश्रित आधारभूत विद्यालय सवैलामा ७ वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन भएको छ । यस विद्यालयमा २०६७ सालदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन ।

वि.सं.२०७२ साल चैत्र ८ गते दिउँसो सो विद्यालय व्यवस्थापन समिती गठन गर्न बसेको बैठककै क्रममा भएको विवादमा परी सवैलाका रामप्रकाश यादवको गोली लागेर मृत्यु भएको थियो ।

सवैला नगरपालिका वडा नम्बर १ मा पर्ने यस विद्यालयमा ३ सय २५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समिति गठन गर्न बसेको बैठकमै झडप भई गोली चल्दा एक जनाको मृत्यु भएपछि सो विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकिरहेको थिएन ।

धनुषामा सञ्चालित निक शिक्षा दिअ परियोजनाको अग्रसरतामा शुक्रबार विद्यालयमा बसेको अभिभावकहरुको बृहत भेलाले विद्यालय व्यवस्थापन समिति गठन भएको निक शिक्षा दिअ परियोजनाका सामाजिक परिचालक सुरेन्द्र सिंहले जानकारी दिए ।

करिब २ सय अभिभावकहरुको भेलाले सवैला नगरपालिकाका वाडा अध्यक्ष तथा सवैलाका नगर शिक्षा समितिका संयोजक कपिलदेव राउत गडेरीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिका ३ सदस्य पछि मनोनयन गर्ने सहमतिसहित व्यवस्थापन समिति गठन भएको विद्यालयका प्रध्यानाध्यापक रामपुकार गामीले बताए ।

गठित समितिको अध्यक्षमा वडा अध्यक्ष कपिलदेव राउत गडेरी, सदस्यहरुमा सुलेखा सादा, आशा देवी यादव, जोगी राय, विलेक्षण साह र सदस्य सचिवमा प्र.अ.रामपुकार गामी चयन भएका छन् । समितिको सदस्यमा चन्दादाता र शिक्षक प्रतिनिधि समितीको अर्को बैठकबाट मनोनयन गर्ने निर्णय भएको स्रोत व्यक्ति रामदुलार यादवले जानकारी दिए ।

प्रकाशित समय १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु