गृहपृष्ठ सन् २०१९ को पहिलो महिनामै ९१ हजार पर्यटक नेपाल भित्रिए

सन् २०१९ को पहिलो महिनामै ९१ हजार पर्यटक नेपाल भित्रिए

Tourism-newskarobar फाइल तस्बिर।

२०१९ को जनवरी महिनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्यांकअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल भित्रिएका छन् भने १४ हजार ४९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन् । यो संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा २५ दशमलव ५ प्रतिशतले बढी हो ।

यस अवधिमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १४ हजार ६५० पर्यटक आएका छन् । चीनबाट १४ प्रतिशतले वृद्धि १३ हजार ४८८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार गएको वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या क्रमशः ६९ दशमलव ८ प्रतिशत, ३८ प्रतिशत र ८ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी बेलायत, जर्मनी र फ्रान्सलगायत युरोपेली मुलुकबाट ११ हजार ९९६ नेपाल भ्रमणमा आएका छन् । जनवरीमा बेलायतबाट चार हजार १३०, जर्मनीबाट एक हजार ५४९ र फ्रान्सबाट एक हजार ३७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

गत वर्षको तुलनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या २८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने अस्ट्रेलियाको पर्यटकको संख्या ३१ द्यशमलव ३ प्रतिशतले वृद्धि भएको देखिन्छ । जनवरीमा मात्र अमेरिकाबाट सात हजार २८ पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट तीन हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा प्रभावकारीरुपमा नेपालको पर्यटनबारे प्रचारप्रसार भएका कारण विदेशी पर्यटक बढ्दो क्रममा रहेको बताएका छन् ।(रासस)

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु