fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सार्क मुलुकको पर्यटकीय गन्तव्य बन्दै फूलबारी

सार्क मुलुकको पर्यटकीय गन्तव्य बन्दै फूलबारी

mani mukunda sen

यो पिकनिकको मौसम हो । परिवार, साथिभाई, टोल छर छिमेकी, क्लब, समुदाय विद्यालय तथा क्याम्पस । जो कोही यो मौसममा पिकनिक जान रूचाउँछन् । पछिल्लो केही महिना यता जाडोको सिजनसँगै वनभोजमा रमाउनेहरुको संख्या बढ्दै गएको छ । यसरी पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको क्षेत्र हो बुटवलस्थित मणिमुकुन्द सेन उद्यान ।

बुटवलको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा खासगरी विदाको दिन एवं शुक्रबार र शनिबार वनभोज आउने व्याक्तिहरुको संख्या बाक्लो हुँदै गएको छ । एक दिन समूहमा बसेर रर्माइलो गर्ने, खाने नाँच गान गर्ने प्रचलन विस्तारै विस्तारित हुँदै गएको छ । त्यसको प्रभाव बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा पनि परेको छ ।

पछिल्लो समय पर्यकहरुको प्रिय गन्तव्यका रूपमा यो उद्यानलले ख्याती कमाउँदै गएको छ । गत साउनमा सार्क राष्ट्रका कुल १ हजार ५ सय १९ पर्यकहरुले यो उद्यानको भ्रमण गरेकामा भदौमा १ हजार ६ सय ८१ जनाले यसको सुन्दरताको अवलोकन गरेका थिए ।

ful

यस्तै असोजमा १ हजार ५ सय ७२, कार्तिकमा २ हजार ६ सय १ र मंसिरमा ६ हजार २ सय ७७ जना सार्क राष्ट्रका पर्यटकले उद्यानको भ्रमण गरेको मणिमुकुन्द सेन संरक्षण समितिले जनाएको छ । उद्यानको भ्रमण गर्नेमध्ये अधिकांश भारत, श्रीलंक, म्यानमार, बंगलादेश, पाकिस्तान तथा माल्दिभ्सका नागरिक रहेको समितिले जानकरी दिएको छ ।

उद्यानमा वनभोज मनाउँन आउनेको संख्यामा पनि वृद्धि भएको समितिले जनाएको छ । समितिका अनुसार गत साउनदेखि उद्यानमा पिकनिक खान आउनेको संख्या बढेको हो । साउन यता पिकनिकको लागि मात्रै २३ हजार ८ सय ७ जना उद्यानमा आएका छन् ।

उद्यान संरक्षण समितिका व्यवस्थापक त्रिविक्रम बस्यालका अनुसार पिकनिकको सिजन सुरु भएकोले यसरी संख्या वृद्धि भएको छ । गत साउनमा ३ सय ३६ जना पिकनिकको लागि आएकोमा भदौमा यो संख्या वृद्धि भएर १ हजार ८ सय १० जना पुगेको छ भने असोजमा ४ सय ९, कात्तिकमा ३ हजार १ सय १५ र मंसिरमा १८ हजार १ सय ३७ जना पिकनिकका लागि उद्यानमा आएका थिए ।

उद्यानमा निर्माण गरिएको एनिमल कर्नरले पनि पर्यकहरुको ध्यान तानेको छ । जसका कारण उद्यान पर्यटकहरूको लोकप्रिय गन्तव्यका रूपमा विकास भएको बस्यालले बताए । गत ४ महिनमा घुमफिरमा आउने, विद्यार्थीहरु, सार्क राष्ट्रका व्याक्ति तथा अन्य विवाह, पिकनक, भ्रमण गरी कुल २ लाख ६ हजार ३६ जना पर्यकहरुले उद्यानको भ्रमण गरेको बस्यालले जानकारी दिए ।

प्रकाशित समय १८:१० बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु