fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ मोरङको लेटाङमा शान्तिपार्क, बहुधार्मिक गन्तव्यस्थल

मोरङको लेटाङमा शान्तिपार्क, बहुधार्मिक गन्तव्यस्थल

shantipark-newskarobar

विराटनगर
मोरङको लेटाङमा सबै धर्मावलम्बीलाई समेट्ने गरी शान्तिपार्क निर्माण हुने भएको छ । लेटाङ नगरपालिका–१, भोगटेनीमा रहेको राजारानी क्षेत्रलाई बहुधार्मिक गन्तव्य बनाउने उद्देश्यले प्रदेश १ सरकारले शान्तिपार्क निर्माण प्रक्रिया अघि बढाएको हो ।

प्रदेश सरकारको स्वामित्वमा बन्न लागेको सो शान्तिपार्कको डिजाइन तयार भइसकेको छ । प्यागोडा, गुम्बज, शिखर र मुगल शैलीमा निर्माण गरिने सो शान्तिपार्कमा धर्मअनुसारका पाँचवटा धार्मिकस्थल प्रवेशद्वार निर्माण गरिनेछ, जहाँ सबै धर्मको अर्थ खुल्ने गरी धार्मिक संग्रहालय निर्माण गरिनेछ ।

शान्तिपार्क निर्माणका विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सबै धर्मका द्वारहरु फरक–फरक भएको तर सबैको गन्तव्य शान्ति र समृद्धि नै भएकाले साझा थलोका रुपमा शान्तिपार्क निर्माण गर्न लागिएको बताए । राजारानी सिमसार पर्यटकीय तथा धार्मिक स्थलको अवलोकनपश्चात उनले पार्क निर्माणका सबै दायित्व प्रदेश सरकारले लिने जानकारी गराए ।

shantidham-newskarobar

त्यस्तै, पार्क डिजाइनर विक्रम श्रीले सबै धर्मका धर्मगुरुहरुसँग छलफल गरेर डिजाइन तयार गरिएको जानकारी गराए । ‘अझै विस्तृत छलफल गरेर अन्तिम रुप दिइनेछ,’ उनले भने, ‘सबै धर्मका वास्तुलाई एकैठाउँमा समावेश गरेर संरचना तयार गरिनेछ ।’

प्रदेश १ का प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले राजारानी क्षेत्र ऐतिहासिक र विभिन्न विविधताले भरिएकाले यो क्षेत्रमा विभिन्न मुलुकबाट पर्यटकसमेत भित्र्याउन सकिने विचार राखे । त्यस्तै, पार्कका परिकल्पनाकार भुपेन्द्र लावतीले विभिन्न धर्मका धर्मगुरुहरुलाई एकैठाउँमा उभ्याएर र विभिन्न धर्मका अनुयायीलाई एउटै प्रवचन दिने योजनाअनुरुप त्यसलाई मूर्तरुप दिन पार्कको परिकल्पना गरेको बताए । लेटाङ नगरपालिका–१ का अध्यक्ष विष्णुकुमार भगतले लेटाङमा पार्क निर्माण हुँदा यो क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय १४:१४ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु