गृहपृष्ठ सेयर बजार २२ अंकले बढ्यो

सेयर बजार २२ अंकले बढ्यो

share-bazar-tuesday07-newskarobar

सेयर बजार परिसूचक नेप्से मंगलबार २२ अंकले बढेको छ । सोमबार तीन वर्षकै न्यून विन्दुमा झरेर ११०२.५२ अंकमा आइपुगेको नेप्से मंगलबार २२.४४ अंकले बढेर ११२४.९६ अंकमा पुगेको हो ।

मंगलबार नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ४.५७ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत, निर्जीवन बिमा, अन्य र लघुवित्त समूह पनि २ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।

मंगलबार १६७ कम्पनीको २१ करोड ४५ लाखबराबरको ७ लाख १४ हजार ८७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । माथिल्लो तामाकोशीको सबैभन्दा धेरै १ करोड २७ लाखको सेयर किनबेच भयो । मंगलबार चौतारी लघुवित्त र कालिका लघुवित्तका लगानीकर्ताको सम्पत्ति झन्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित समय २१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु