fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ फोरजी विस्तारका लागि जेटीइ-टेलिकम सम्झौता

फोरजी विस्तारका लागि जेटीइ-टेलिकम सम्झौता

Nepal Telecom_4G_NewsKarobar

नेपाल टेलिकमले फोरजी/एलटीई सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको छ । नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटारेडियो एक्सेस नेटवर्क ( र्‍यान)  नेटवर्क तयार गरिने टेलिकमले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ भने र्‍याननेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने जनाइएको छ । सम्झौतापश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने टेलिकमको दाबी छ ।
टेलिकमले यसका कुल लागत भने खुलाएको छैन । फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ( र्‍यान)को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरिएको टेलिकमले जनाएको छ ।

यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले आइतबार हस्ताक्षर गरिएको हो ।
संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट जारी निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सम्झौता गरिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ‘ओभरले’ को रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने टेलिकमको भनाइ छ ।

प्रकाशित समय १७:२५ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु